तपाईंको आजको राशिफल
मेष राशिः मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ। काम गर्दा विचार पुर्याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला। साथीहरुबाट केही खर्च हुने समय देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। वृष राशिः अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नुनै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ। उपलव्धिपूर्ण आर्थिक लाभ छ। मिथुन राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा अर्थ प्राप्तिको योग छ। स्वास्थमा सामान्य बाधा आउला। यात्राको समय रहेको छ। कर्कट राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ। कार्यमा हिड्दा व्यर्थ व्यय हुन सक्ने हुँदा, जोगिनु होला। ज्ञानको क्षेत्रमा रुची बढ्ने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। सिंह राशिः देशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यको विषयमा केही व्यय हुने समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। क...