मानिसहरु कसरी धनी हुन्छन् ? यस्तो छ रहस्य
मानिसहरु कसरी धनी हुन्छन् ? यस्तो छ रहस्य ! ‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो । धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्यौं । हामीलाई के सिकाइयो भने, धन भन्दा विद्या ठूलो हो । यद्यपी विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ । त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ । यी दुबै एकअर्काको परिपूरक पनि हुन् । भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ । विहानबेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न, हिँडडुल गर्न हामीलाई धन चाहिन्छ । जीवनको सम्पूर्णता धन होइन । तर, जीवनको अपरिहार्य धन हो । आजको भौतिक समाजमा हाम्रो गुजारा मात्र होइन, सपनासँग पनि धनको साइनो छ । तर, धनप्रति त्यती धेरै आशक्ति पनि राख्नुहुँदैन कि, जसले हाम्रो चैन विथोलिन्छ । निद्रा विथोलिन्छ । भोक हराउँछ । सुख हराउँछ । धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका ...